यो विद्यालय पुनर्वास नगरपालिका वडा नं. ८ स्थित क गाँउ पृथ्वीवस्तीमा अवस्थित छ । यस विद्यालयको सेवाक्षेत्र Catchment area मा बसोवास गर्ने समुदायको जनसंख्या सम्बन्धि तथ्याङ्क तल प्रस्तुत गरिएको छ ।यस क्षेत्रको सामुदायिक बनावटलाई हेर्दा के देखिन्छ भने दुई वटा वस्तीहरु यस्ता छन्जहाँ राना सम्प्रदायका मानिसहरु मात्र बसोवास गरेका छन् भने अधिकांश वस्तीहरुमा मिश्रित जनसमुदाय आपसी सद्भाव एवम् सहिष्णुतासंग बसोवास गर्दै आएका पाइन्छ । गाउँ गाउँमा खेलकुद, क्लवहरु, सरकारी, गैर सरकारी संस्थाहरु, सहकारी संस्थाहरु, महिला समूहहरु, वाल क्लवहरु छन ् ।
विभिन्न राजनितिक दल संगठनहरु त्यस्तै एउटा अध्ययन केन्द्र र साहित्यीक संस्था पनि खुलेको पाइन्छ । यो सम्पूर्ण रुपमा ग्रामिण इलाका हुनाले यहाँको समुदाय विभिन्न गाउँ वस्तीहरुमा विभाजित छ । घरहरु झुप्रा झुप्रि कच्ची, पक्की सबै थरिका छन्। बाटोघाटो पक्की नभए पनि व्यवस्थित छन्। सुकुम्वासी वस्तीहरुमा भने घरहरु घना छन् तर अन्य सबै ठाउँमा घर घरको दुरी बढीमा २५ मी.सम्म पनि छ । पहिलेको तुलनामा वस्ती घना हुँदै गएको छ, घरहरु वाक्लिंदै गएका छन्। संयुक्त परिवार विखण्डीत भएर एकल परिवार बन्दै गएको कारणले घर परिवार बढ्दै छन्। तर परिवार संख्या भने न्युन हुँदै गएको पाइन्छ । जता गरिवी छ, त्यतै बालबालिका बढी छन् । जता सम्पन्नता छ त्यता नियन्त्रण छ । विगतको परासन गा.वि.स.को सम्पूर्ण भूभाग अर्थात हाल बनेको पुनर्वास नगरपालिकाको (७–९) वडाहरु यसै क्षेत्र भित्र पर्दछन्। यहाँ खड्डा ककड परासन मोतिया,धनसिया, बिचफाँटा नामका वस्तीहरु छन् जहाँ लगभग शत प्रतिशत थारु जातिका मानिस बस्छन् ।
त्यस्तै वुद्धवस्ती अर्थात चगाउँमा तामाङ्गहरु मात्रै छन्भने अन्य गाउँहरु पृथ्वी, सितावस्ती, विचफाँटा, मोतिया, धनसिंगामा ब्राम्हण क्षेत्री दलित लगायत ठकुरी, गुरुब, मगर जातजातीका मानिसहरु बस्छन् ।औसत रुपमा वालवालिकाहरु नै बढी देखिन्छन ्। १८ वर्ष अघि ९ वटा विद्यालय भएको यो ठाउँमा अहिले १७ वटा भइसकेका छन् । विद्यालय जाने उमेरका वालवालिका जताततै देखिन्छन् । युवा युवतिहरु रोजगारको खोजीमा अन्यत्र जाने भएकोले अलि कम देखिन्छन् । वृद्ध पुरुषहरुको तुलनामा वृद्ध महिलाहरु बढि छन् । यतातिर विद्यालयमा पनि छात्रको तुलनामा छात्रा बढी देखिन्छन्। ५–६ वर्षको उमेर ढल्केपछि मात्र विद्यालयमा भर्ना हुन आउने, एउटै कक्षामा पटक पटक दोह¥याउने, भइरहने विचमा एकाध वर्ष पढाइ नै ड्रप गरि पुनः भर्ना हुन आउने पढाइमा साह्रै कमजोर भइ पढ्न मन नलगाउने आदि विभिन्न परिस्थितिमा हुर्किरहेका विद्यार्थी ग्रामिण क्षेत्रमा जुनसुकै ठाउँमा गए पनि अधिकांश भेटिन्छन् । यी र यस्ता समस्यामा यो विद्यालयका विद्यार्थी पनि अछुतो रहन सकेका छैनन् । जसको परिणाम स्वरुप उमेर धरै भइसकेका विद्यार्थी पनि सानै कक्षामा अल्झिरहेका देखिन्छन्।